अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा ट्रक र बस ठोक्किँदा ११ यात्रु घाइते

रुपन्देहीमा ट्रक र बस ठोक्किँदा ११ यात्रु घाइते


रुपन्देही-सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको ओमसतिया गाउँपालिका-१ ठुटीपिपलमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्।

शुक्रबार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबसले सर्भिस लेनबाट मुख्य सडकमा प्रवेश गर्ने क्रममा लु १ ख ४४७७ नम्बरको ट्रकसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको छ भने अन्य घाइतेहरूलाई नजिकैका स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको र बाँकी सबैको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।