अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं-सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कायम नगर्न अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजालासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय अन्तिम निर्णय नहुन्जेलसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो।

‘अन्तिम आदेश ठहरे बमोजिम हुने नै हुँदा हाललाई उक्त मन्त्रिपरिषदबाट असोज ३० मा भएको राजदूत फिर्ता गर्ने सम्बन्धी निर्णय कार्यान्वयन नगर्नू, नगराउनू, गर्न नलगाउनु, यथास्थितिमा राख्नू, राख्न लगाउनु भनी विपक्षीहरूका नामा अन्तरिम आदेश जारी गरेको छ,’ आदेशमा भनिएको छ।

सरकारले असोज ३० गते चीन,  जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो।