काठमाडौं-दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो।
हिमपहिरोमा परेर ८ जना हराइरहेका दोलखा प्रहरीले जनाएको छ।
नेपाली गाइडसहित आज बिहान साे हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०:३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।







प्रतिक्रिया