अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आइएमई बैङ्क र नास-आईटीबीच डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल सम्पन्न

ग्लोबल आइएमई बैङ्क र नास-आईटीबीच डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल सम्पन्न


काठमाडौं-ग्लोबल आइएमई बैङ्क लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास-आइटी)का सदस्यहरूसँग बैङ्कको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैङ्कले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आइटी क्षेत्रको लागि बैङ्कको कर्जा योजनाहरू, बैंकिङ्ग सेवा, डिजिटल/नवीनतम बैंकिङ्ग सेवाहरू, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न विषयमा छलफल गरेको थियो।

कार्यक्रममा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

साथै, बैङ्कले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो।

बैङ्क र नास-आइटीबिचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ। ग्लोबल आइएमई बैङ्क नास-आइटीको व्यवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ। बैङ्कले बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ।