पथलैया–पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको पथलैया जंगलमा राजमार्गमै आएर जंगली हात्तीले सडकमा गुडिरहेका सवारीसाधनहरूमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने करिब आधा दर्जन सवारीसाधन क्षतिग्रस्त भएका छन्।
आज बिहान पथलैया-निजगढ सडकमा यात्रा गरिरहेका सवारी साधन र यात्रुमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका इन्सपेक्टर खेम नेपालले जानकारी दिनुभयाे।

मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका १-निवासी ४० वर्षीय राजकुमार चौधरी छन्।
दुई वटा हात्तीले सडकमा गुडिरहेका सवारीसाधनमा आक्रमण गर्दा केही सवारी साधनमा पनि क्षति पुगेको उहाँले बताउनु भयो।
हात्तीको आक्रमणपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ र सडकमा आवागमन अवरुद्ध भएको छ। घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ भने स्थानीयवासीहरूमा त्रासको माहोल छ।
घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मी परिचालन गरिएको इन्सपेक्टर नेपालले बताउनुभयाे।








प्रतिक्रिया