अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा माइकिङ गर्दै आगजनी र तोडफोडका लागि अपिल गर्ने रास्वपाका कार्यकर्ता पाण्डे पक्राउ

जेनजी आन्दोलनमा माइकिङ गर्दै आगजनी र तोडफोडका लागि अपिल गर्ने रास्वपाका कार्यकर्ता पाण्डे पक्राउ


पोखरा-२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा पोखरामा तोडफोड र आगजनीमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन्।

आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोड गर्ने रास्वपाका कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डेलाई पक्राउ गरेको हो।

कास्कीका जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा अगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय थिए । प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो ।

पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष थिए । आफैँ अध्यक्ष भएर संस्थाको रकम अपचलन गरेपछि उनी प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् । उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए । उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने प्रवक्ता डीएसपी बस्नेतले बताउनुभयो ।