पोखरा-२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई छुटाउन प्रहरी कार्यालय पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य नै पक्राउ परेका छन्।
आज पक्राउ परेका ‘विक्रम’ भन्ने अभिमन्यू पाण्डेलाई छुटाउन पुगेका राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनाल पनि पक्राउ परेका हुन्।
व्यवसायी बिन्दु थापाको घरमा आगजनी गरेको आरोपमा अभिमन्यू पक्राउ परेका हुन् । उनीविरुद्ध व्यवसायी बिन्दु थापाले जाहेरी दिएका थिए ।

पक्राउ परेकाहरु आन्दोलनमा संग्लग्न भएको तस्वीर, भिडियोसहितका प्रमाण संकलन गरेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भएको आगजनीमा खनालसमेत संलग्न रहेको थापाको आरोप छ।
पाण्डेको विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘तपाईँ विरुद्ध पनि उजुरी छ’ भन्दै खनाललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा छानविनका लागि पक्राउ गरेको जनाएको छ ।








प्रतिक्रिया