काठमाडौं-बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ।
अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।
अहिराजले कात्तिक २३ मा थुनामुक्त गर्न माग गर्दै दफा ७३ अन्तर्गत निवेदन दिएका थिए। अहिराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए ।
उच्च अदालतले २०८२ भदौ १२ मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो। जिल्ला र उच्चको आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ मा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।







प्रतिक्रिया