अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवार्ता

गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवार्ता


काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर बेलायती राजदूत फेनले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेट गरेका हुन्।

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल र जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्य बनाउने सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाबारे कुराकानी भएको थियो ।

राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने बताएका गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।