काठमाडौं-उदयपुरको रौतामाई गाउँपालिका वडा-८ भारतजोर पाबुका ३० वर्षिय खड्ग बहादुर लुङ्गेली मगरले आत्महत्या गरेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका वडा-२ काभ्रेस्थलीमा बस्दै आएका लुङ्गेली मगरले आत्महत्या गरेका हुन्।
हिजो (मंसीर ८) बेलुका १०:३० बजे मगर आफ्नै कोठा नजिकैको आरुको बोटमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। बेलुका ९ बजेतिर कोठाबाट निस्किएको धेरैसमय कोठामा नआएपछि श्रीमतिले खोजी गर्दा उनी मृत फेला परेका थिए। झुण्डिएको अवस्थामा फेला परेपछि एक छिमेकीले प्रहरीलाई खबर गरेको थियो। त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले अनुसन्धान गरेको थियो।
उनले केही वर्ष अगाडि मात्रै विवाह गरेका थिए। उनका पाँच वर्ष र आठ वर्षका छोरा छन्।
तर, उनले अचानक आत्महत्या गर्नुकाे कारण भने खुलेको छैन। सो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।







प्रतिक्रिया