काठमाडौँ -काठमाडौँ उपत्यकासहित देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको हो। हिजो ७ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ अहिलेकै स्थिर रहन पनि सक्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।







प्रतिक्रिया