अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति छ ?

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति छ ?


काठमाडौँ-काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ। यसै क्रममा आज बिहीबार बिहान ५ः४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जनाएका छन्।

हिजो बुधबार पनि बिहान यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम त्यति नै देखिएको थियो। तर पछि बिहान ८:४५ बजे पुनस् मापन गर्दा ६.१ डिग्री सेल्सियसमा झरेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान उक्त समयमा अपडेट गरिनेछ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।  

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।