अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको धोबी खोलामा साइकलसहित शव भेटियो

काठमाडौँको धोबी खोलामा साइकलसहित शव भेटियो


काठमाडौँ- काठमाडौँको अनामनगरस्थित धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ। जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले मृतक युवकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिनुभयो। 

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन्। घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ।

ती युवको साथमा रहेको कागजातबाट पहिचान खुलाउने प्रयास भइरहेको एसपी भट्टराईले बताउनुभयो। 

ती युवक गएराति साइकलसहित धोबीखोलामा खसेको अनुमान प्रहरीले गरेको छ। धाेबीखाेलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

पुलमा रेलिङ नभएको कारण ती युवक साइकलसहित पुलबाट खोलामा खसेको अनुमान गरिएके छ। 

मृतक युवकको टाउकोमा गहिरो चोट छ। पुलबाट खस्दा ढुंगामा टाउको ठोकिँदा उनको मृत्यु भएको अनुमान छ। युवकको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।