काठमाडौं-नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित विशाल चौरमा चहलपहल बढेको छ।
महाधिवेशनको मुख्य समारोहस्थलमा प्रवेश गर्नका लागि आज बिहानैबाट प्रतिनिधि र कार्यकर्ताहरूको ठूलो घुइँचो लागेको छ। देशभरबाट भेला भएका प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति छ। देशभरबाट नेता, कार्यकर्ता र शुभचिन्तकहरू यहाँ आउने क्रम जारी छ ।
बिहानैदेखि कार्यक्रमस्थल वरपरको क्षेत्र कार्यकर्ताहरूको नारा र उत्साहले गुञ्जायमान देखिएको छ। सुरक्षा जाँचका कारण प्रवेशमा केही ढिलाइ भए पनि युवा कार्यकर्ताहरूको बाक्लो सहभागिताले माहोल निकै तातेको छ।
महाधिवेशनको उद्घाटन मध्यान्न १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।












प्रतिक्रिया