अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन: आफ्नो पक्षमा भोट माग्दै नेताहरु [तस्विरहरु]

एमाले महाधिवेशन: आफ्नो पक्षमा भोट माग्दै नेताहरु [तस्विरहरु]


काठमाडौं-नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान हुँदैछ। ११ औँ महाधिवेशनको मतदान सुरू हुनुअघि महाधिवेशनस्थल भृकुटीमण्डलमा यतिबेला आफ्नो पक्षमा भोट माग्दै छन् नेताहरु।

एमालेको नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उहाँहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन्।

यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ। यसैगरी १ महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ। यस्तै ३ उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी छ। ९ सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

एमालेले यस पटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ।

निर्वाचनमा कुल २ हजार २ सय ६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन्। केही केन्द्रीय सदस्य तथा लेखा र अनुशासन आयाेगमा भने निर्विराेध नेतृत्व चयन भएकाे छ।

महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ ।