काठमाडौँ-सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ। २०८२ पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ७ सचिवको सरुवा गर्ने निर्णय गरेको हो।
गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ। गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएकाे छ।
यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएकाे छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ।
यस्तै युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएकाे छ।





प्रतिक्रिया