अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको सन्देश-ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै विकास र संरक्षणको मनोबल बढाऔँ

एमाले अध्यक्ष ओलीको सन्देश-ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै विकास र संरक्षणको मनोबल बढाऔँ


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरी भएको बताउनुभएकाे छ।

पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष ओलीले यस्ताे भन्नुभएकाे हाे।

अध्यक्ष ओलीले रचना, निर्माण, विकास र संरक्षणको मनोबलले नै एकता दिवस मनाउनुको सार्थकता हुने उल्लेख गर्नुभएकाे छ।

शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभएकाे छ, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।’