अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा

ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा


काठमाडौँ-ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योग (MSMEs) को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार २ माघ २०८२ मा ५०औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।

सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ सेवा विस्तारसँगै डिजिटल कारोबार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ। देशभर शाखा सञ्जाल विस्तार गरेको बैंकले मोबाइल र इन्टरनेट बैंकिङ सेवामार्फत ग्राहकलाई सहज सेवा प्रदान गरिरहेको जनाएको छ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।

साथै, सुरक्षित र आधुनिक बैंकिङ प्रणालीमार्फत ग्राहकको विश्वास जित्दै नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा आफ्नो उपस्थिति मजबुत बनाइरहेको बैंकले दाबी गरेको छ ।