अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दोलखाका उम्मेद्वार गुरुङद्वारा जनतासँगको भेटघाटलाई तिव्रता

एमाले दोलखाका उम्मेद्वार गुरुङद्वारा जनतासँगको भेटघाटलाई तिव्रता


काठमाडौं, दोलखाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेकपा एमालेका नेता, पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ ।

यसैक्रममा गुरुङले एमाले बिगु–काठमाडौं सम्पर्क मञ्चको बैठकमा सहभागिता जनाउँदै निर्वाचन केन्द्रित रणनीतिबारे छलफल गर्नुभएको छ । बैठकमा चुनावी अभियान सञ्चालन, युवा परिचालन तथा काठमाडौं उपत्यकामा रहेका दोलखाका मतदातालाई मतदानमा सहभागी गराउने उपायबारे विस्तृत चर्चा गरिएको छ ।

गुरुङले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन संगठनात्मक एकता, सक्रिय कार्यकर्ता परिचालन र मतदातासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दोलखाको विकास, पूर्वाधार विस्तार र स्थानीय जनताको अपेक्षा सम्बोधन गर्ने एजेन्डाका साथ निर्वाचनमा जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

बैठकमा सहभागी नेताहरूले काठमाडौं उपत्यकामा रहेका दोलखाका मतदाताबीच समन्वय र अभियानलाई थप सशक्त बनाउने  र काठमाडौंमा रहेका मतदातालाई मतदानको लागि गाउँसम्म पुर्‍याउन समन्वय गर्ने निर्णय गरेको जनाइएको छ ।