झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर एवं एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले डेढ खर्ब भन्दा बढीको क्षती हुने गरी व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट हाल्न नहुने बताउनुभएको छ ।
एमाले मनकामना टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टी केन्द्रीय दाहालले गत भदौं २३र२४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर उक्साउने बालेन शाहलाई भोट दिन नहुने बताउनु भएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रको विकासका लागि गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले ओलीको भूमिका स्थानीय विकास मात्र नभइ राष्ट्र,राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
पार्टीको मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलामा मुलुकलाई ध्वस्त पार्ने,राजनीतिक दर्शन केही नभएको उम्मेद्धवारवाट मुलुकको बिकास सम्भव नहुने नेता दाहालले बताउनु भयो ।
टोल भेलामा सहभागी अगुवा कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकले राखेको प्रश्नको जवाफ दिदै नेता दाहालले सूर्य चिन्हमा मतदान गरी एमालेलाई नजिताए सम्म देश,क्षेत्र वडा र टोलको विकास अधुरो रहने बताउनु भयो । भेलामा सहभागी चन्द्रकला मिश्रले दमक८मा धनीपुर्जा वितरणको काम किन भएन भन्ने प्रश्नको जवाफ दिदै एमाले र काग्रेस सरकारमा रहेर धनीपुर्जा वितरणको तयारी गरीरहेको बेला जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेका कारण समयमा काम हुन नसकेको बताउनुभयो । सर्वोच्च अदालतले आयोग पुनस्र्थापना गरेपछि आयोगको काम पुन अघि बढेको बताउनुभयो । अहिले आयोगलाई काम गर्न कर्मचारी नपठाएर सरकार नै वाधक रहेको पार्टीका केन्द्रीय सदस्य झापा क्षेत्र न ५को निर्वाचन परिचालन समितिको संयोजक दाहालले प्रष्ट पार्नु भयो ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको चुनाव परिचालन समिति दमक ८को संयोजक तथा दमक ८का वडा अध्यक्ष धर्म प्रसाद दाहाल,दिपेशले केपी ओली सरकारले दिएको वजेट जेनजी सरकारले दमक ८नम्वर वडामा धेरै योजना, कार्यक्रम काटीदिएको बताउदै आफूहरु सिमित वजेटमा वडावासीको समस्या सामधान गर्न लागि परेको बताउनु भयो । कार्यक्रममा एमाले झापा जिल्ला सदस्य,प्रेस चौतारी इन्चार्ज तथा मनकामना टोलको निर्वाचन परिचालन समिति संयोजक मन कुमार गदालले भेला आयोजनाको आवश्यकता औचित्य माथि प्रकाश पार्नु भएको एमाले मनकामना टोल कमिटीेले जनाएको छ ।






प्रतिक्रिया