अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकल बहुमत ल्याएर फागुन २१ पछि ओलीलाई प्रधानमन्त्री बनाउँछौँ : भानुभक्त ढकाल

एकल बहुमत ल्याएर फागुन २१ पछि ओलीलाई प्रधानमन्त्री बनाउँछौँ : भानुभक्त ढकाल


काठमाडौं – नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।राष्ट्रिय युवा सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा एमालेले एकल बहुमत ल्याएर अध्यक्ष ओली नेतृत्वको सरकार बनाउने जिकिर गरे।

उहाँले भने, ‘चुनावपछि हामी निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनेछौं। र एमाले अध्यक्षको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाएर मुलुकमा आएका अस्थिरता र अराजकता समाप्त गर्नेछौं।’उहाँले पार्टीपंक्तिलाई चुनावी अभियानमा केन्द्रित हुन आग्रह गरे। उहाँले झापा ५ मा ओलीले जित्ने दाबी गर्दै समानुपातिकतर्फ सबैलाई मत हाल्न आग्रह गरे।