अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली झापा-५ का जनतासँग भेटघाटमा व्यस्त

एमाले अध्यक्ष ओली झापा-५ का जनतासँग भेटघाटमा व्यस्त


काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र-५ का उम्मेदवार केपी शर्मा ओली झापामा मतदातासँग भेटघाटमा व्यस्त हुनुहुन्छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै अध्यक्ष ओलीले गौरादहका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरिरहनुभएको हो।

पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार गौरादहको चारालीबाट सुरु हुने भेटघाट कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ। पार्टीले दिएको जानकारी अनुसार पेट्रोलपम्पमा, डिठा चौकमा, हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ।

यसैगरी मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा, ठकठकेमा कार्यक्रम राखिएको छ। यस्तै बैराती, जुरोपानी र ग्वालडुब्बामा भेटघाट राखिएको छ। यस्तै जामबाडी र जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो।

अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गर्नु भएको छ। अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएक भौतिक,शिक्षा र स्वास्थ्यका असुविधाहरुलाई बढी उठाउने गरेका छन्। अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथान देखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गर्नुभएको थियो ।