अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा एमालेका ऐन महर विजयी

बझाङमा एमालेका ऐन महर विजयी


काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित हुनुभएकाे छ। याे सँगै एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन्। महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्।

नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५,  नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।