भक्तपुर-भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री निर्वाचित हुनुभएकाे छ।अन्तिम परिणामअनुसार रास्वपाका खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय हुनुभएकाे हाे।
खत्रीका निकटतम प्रतिस्पर्धी एमालेका सचिव तथा उम्मेदवार महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गर्नुभएकाे छ। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत पाएका छन् भने नेमकिपाका रमेश वैद्यले ३७५३ र नेकपाका रामप्रसाद सापकोटाले १३२३ मत पाएका छन् ।






प्रतिक्रिया