अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुली-२ मा रास्वपाका गजुरेल निर्वाचित

सिन्धुली-२ मा रास्वपाका गजुरेल निर्वाचित


काठमाडौँ-सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। 

गजुरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गर्नुभयाे। यस्तै नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याउँदा नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत प्राप्त गर्नुभयाे। यस्तै स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५ सय ८१ मत प्राप्त गरेका छन् ।