काठमाडौं-नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए
आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो । अन्य तीन जनाकाे नाम समेत क्लष्टर मिलाएर पठाइने प्रवक्ता चालिसेले बताए ।






प्रतिक्रिया