काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (राप्रपा)ले समानुपातिकतर्फका ४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।
समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले विषम परिस्थीतिमा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने र ज्ञानेन्द्र शाहीलाई विजयी गराउने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै शाहीलाई बधाई दिने निर्णय समेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
यी हुन् राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस भएकाहरू
१. भरत गिरी- खस आर्य पुरुष- महोत्तरी
२. ताहिर अली- मुस्लिम पुरुष- रुपन्देही
३. खुश्बु ओली- खस आर्य महिला- झापा
४. सरस्वती लामा- जनजाति महिला- धादिङ






प्रतिक्रिया