काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पितृशोकमा रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। आइतबार अध्यक्ष दाहाल पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न उहाँकै निवास गुण्डु पुगेका हुन्।
अध्यक्ष दाहालले अध्यक्ष ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।








प्रतिक्रिया