अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई समवेदना दिन निवासमै पुगे रास्वपाका उपसभापति डीपी अर्याल

एमाले अध्यक्ष ओलीलाई समवेदना दिन निवासमै पुगे रास्वपाका उपसभापति डीपी अर्याल


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल ओलीको भक्तपुरस्थित निवास गुन्डु पुगेका छन् ।

तथा काठमाडौं क्षेत्र नम्बर ९ का सांसद डोलप्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनको भक्तपुरस्थित निवासमा पुगेका छन् । 

पितृशोकमा रहेका एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त गर्न काठमाडौं क्षेत्र नम्बर ९ का सांसद अर्याल केपी ओली निवासमै पुगेका हुन् । सो अवसरमा उनले दिवंगत ओलीका पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे ।

साथै उपसभापति अर्याल ले शोकसन्तप्त ओली परिवारप्रति समवेदना प्रकट गरे। 

एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको  फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।