भक्तपुर- पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा विचलन ल्याउने दाबी गरेका छन् ।
पिता स्व. मोहनप्रसाद ओलीको काजक्रिया गरिरहेका अध्यक्ष ओलीलाई भेट्न र समवेदना दिन एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको टोली ओलीको निवास गुण्डुमा पुग्दा उनले सो दाबी गरेका हुन् ।
प्रेस चौतारीको टोलीसँग अध्यक्ष ओलीले राजनीतिक, सांस्कृतिक र सामाजिक विचलन ल्याउने भन्दै समाजलाई ‘नेगेटिभ’ (नकारात्मकता) तर्फ अगाडि लगिएको बताए ।
चौतारीका पत्रकारहरुसँग अलग्गै भेटका क्रममा उनले भने, ‘हामी आफ्नो दिमागले भन्दा बढी मोबाइलको दिमागले चलिरहेका छौँ, हामी गुण्डु पुग्यौँ भन्ने कुरा फोटो हालिसकेपछि सामाजिक सञ्जालमा सोच्नुपर्ने अवस्था भयो ।’






प्रतिक्रिया