अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा जिप दुर्घटना, सात जना घाइते

बागलुङमा जिप दुर्घटना, सात जना घाइते


बागलुङ-बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। चैत ४ गते बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–४ रात्माटामा दुर्घटना हुँदा सात जना घाइते भएका हुन्।

तीव्र गतिमा गुडेको जिप अनियन्त्रित भइ सडकको बायाँतर्फको नालीमा पल्टिँदा चालक गलकोट नगरपालिका–३ का २५ वर्षीय यादव खत्रीसहित ७ जना घाइते भएका छन् । घाइतेको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।