अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति भएको तीन महिनामै काँग्रेस सभापति थापाले दिए राजिनामा

सभापति भएको तीन महिनामै काँग्रेस सभापति थापाले दिए राजिनामा


काठमाडौं- नेपाली कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका छन् ।

उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा दिएका हुन् । शर्मा निकट स्रोतले दिएको जानकारीअनुसार थापाले केही दिनअघि उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । थापाले दिएको राजीनामाका सम्बन्धमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्रैबाट उनको राजीनामा माग भएको थियो । उनी सर्लाही–४ बाट पराजित भएलगत्तै उपसभापति शर्मालाई भेटेर राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

थापा गत पुष अन्तिम साता काँग्रेसको विशेष महाधिवेशन गरेर सभापति भएका थिए ।