काठमाडौं-कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’मा गएराति मिसाइल आक्रमण भएको छ । आक्रमणपछि प्लान्टमा आगलागी भएको र ठूलो क्षति भएको छ।
कतारले आक्रमणको दोष इरानलाई लगाएको छ । कतारी विदेश मन्त्रालयले इरानले कतारी नागरिक र यहाँको महत्त्वपूर्ण स्थलहरूलाई निशाना बनाएर सीमा नाघेको बताएको छ । मन्त्रालयले यस्ता आक्रमणहरूले सम्पूर्ण क्षेत्रको अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ ।
कतारले सबै देशहरूले तनाव कम गर्न र शान्ति कायम राख्न प्रयास गर्न मिलेर काम गर्नुपर्ने भनेको छ ।






प्रतिक्रिया