सुर्खेत-झण्डै साढे एक महिनापछि कर्णाली प्रदेशसभा बैठक आज बस्दैछ । माघ २५ गते विपक्षी नेकपाले अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेशसभा बैठक आज बस्न लागेको हो ।
माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । झण्डै ६ महिनापछि सुरु भएको कर्णाली प्रदेशसभाको सातौं अधिवेशन माग १८ गतेका लागि आह्वान गरिएको थियो ।






प्रतिक्रिया