अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोली र पर्सी उच्च बेगमा हावा हुरी चल्ने,सचेत रहन विभागको आग्रह

भोली र पर्सी उच्च बेगमा हावा हुरी चल्ने,सचेत रहन विभागको आग्रह


काठमाडौं- भोलि र पर्सि देशका थोरै ठाउँमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने देखिएको छ।

यस्तै पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने देखिएको विभागले जनाएको छ।

विभागका अनुसार झण्डै ३३ मिटर प्रति सेकेण्ड वा करिब ११९ किमि प्रतिघण्टा हुरी चल्ने सम्भावना रहेको छ।

तीव्र गतिको हुरी चल्ने भएकाले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले यात्रा वा हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।