बाजुरा-मौसम खुलेसँगै बाजुराको सदरमुकाम मार्तडी, बाजुराको दोस्रो ठूलो मुख्य व्यापारिक विन्दु कोल्टी लगायत आसपासका क्षेत्र मनमोहक देखिएका छन् ।
लगातारको मौसम बदली पश्चात् बाजुरामा आज मौसम पूर्ण रूपमा खुलेको छ । वर्षा र हिमपात पछि यहाँका उच्च लेकाली तथा हिमाली भू–भाग हिउँको घुम्टोमा सजिएर सेताम्य बनेका छन् । सदरमुकाम मार्तडी आसपासको क्षेत्र मौसम खुलेपछि कञ्चन देखिएको छ ।
त्यस्तै, पूर्वी उत्तरी भेगको कोल्टी क्षेत्र समेत सुन्दर देखिएको छ । सदरमुकाम मार्तडी बाजुराको प्रमुख व्यापारिक केन्द्र हो भने कोल्टी बाजुरा जिल्लाको दोस्रो मुख्य व्यापारी केन्द्र हो । कोल्टी बाजुरा जिल्लाकै एक मात्रै विमानस्थल भएको ठाउँ समेत हो । मौसम खुलेपछि बाजुराको प्राकृतिक सौन्दर्ययता निकै सुन्दर देखिएको छ ।






प्रतिक्रिया