अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदलाई अध्यक्ष ओलीको निर्देशन- संसद्मा सशक्त भूमिकामा खेल्नू, देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्नु

सांसदलाई अध्यक्ष ओलीको निर्देशन- संसद्मा सशक्त भूमिकामा खेल्नू, देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्नु


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सशक्त प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने निर्देशन दिएका छन्।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘संसदमा प्रभावकारी र सक्रिय भूमिका खेल्नुपर्छ। सरकारले कमीकमजोरी गर्न लाग्यो भने खबरदारी गर्ने, आलोचना गर्ने काम हामीले गर्नुपर्छ। तर गलत प्रस्तावको तथ्ययुक्त ढङ्गले पुराना नजिरलाई ल्याएर खण्डन गर्न सक्नुपर्छ।’

अध्यक्ष ओलीले निर्वाचनको परिणामबाट हरेश नखाई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताए ।

‘हामीविरुद्ध तथ्य र तर्कमा आधारित नभई असभ्य र भ्रमपूर्ण रूपमा प्रहार हुनसक्ने भएकाले त्यसको डटेर सामना गर्न एकजुट हुनुको विकल्प छैन । अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन । हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ”, अध्यक्ष ओलीले भने,’यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ।’