अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री सुशीला कार्कीकाे देशबासीका नाममा सम्बाेधन (पूर्णपाठ)

प्रधानमन्त्री सुशीला कार्कीकाे देशबासीका नाममा सम्बाेधन (पूर्णपाठ)


काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन्।

आज राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी हुन्।

‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु ।’

प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको उल्लेख गर्दै ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको बताइन् ।

निर्वाचन सफल बनाउन सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा मतदाताको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद व्यक्त गरिन्।

फागुन २१ गते शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न भएको प्रधानमन्त्री कार्कीको भनाई थियो ।