काठमाडौं-अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछिको राजनीतिक अवस्थाका बारेमा छलफल गर्न आकस्मिक रुपमा नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।
अध्यक्ष ओलीको पक्राउ र त्यसपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न अहिले बिहन बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले ओली पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्ने र आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नेछ ।
ओलीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।






प्रतिक्रिया