काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अहिलेको सरकार प्रतिशोधमा गएको भन्दै अब आन्दोलन हुने बताएका छन् ।
उनले चुनाव प्रचारको क्रममा ओखलढुंगाको कार्यक्रममा प्रतिशोध हुन्छ भनेको स्मरण गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् । मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्याथेँ– अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ । प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो भनेर । अब हुने भनेको यस्तै मात्रै हो । आन्दोलन आन्दोलन अनि आन्दोलन ।’






प्रतिक्रिया