अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगियो

केपी ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल लगियो


काठमाडौं-शनिबार बिहानै पक्राउ परेका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ।

अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो। 

अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या रहेको छ। सोहीकारण उनको स्वास्थ्य ख्याल गर्दै अस्पताल लागिएको प्रहरी स्रोतले उल्लेख गरेको हो ।

मृगौलामा समस्या रहेका ओलीले नियमित औषधि लिने गरेका छन् ।