अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले सुरू गर्‍यो चावहिलमा प्रदर्शन

अध्यक्ष ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताले सुरू गर्‍यो चावहिलमा प्रदर्शन


काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन सुरू गरेको छ। ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन्।

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन्। सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो। पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ।