अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक जारी

अध्यक्ष ओली पक्राउ परेपछि एमाले सचिवालय बैठक जारी


काठमाडौं-नेकपा (एमाले)को आकस्मिक सचिवालयको बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको हाे।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।

पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले विरोधमा उत्रिने तयारीमा छ। केही कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरिसकेका छन्।

ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेका हुन् ।

एमालेका अधिकांश नेताहरूले ओलीको पक्राउ प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । अब भने सचिवालय बैठकले पक्राउबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ ।