अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पक्राउविरुद्ध एमालेले देशैभर विरोध प्रदर्शन गर्ने

अध्यक्ष ओली पक्राउविरुद्ध एमालेले देशैभर विरोध प्रदर्शन गर्ने


काठमाडौं-नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरुद्धमा देशैभर प्रदर्शन गर्ने भएको छ।

आज बसेको सचिवालय बैठकले सबै जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। एमालेका जनसंगठन २३ वटा छन् ।

आज बिहान सबेरै एमाले अध्यक्ष ओलीलाई उनको निवास गुण्डुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक डाकिएको थियो ।

स्वास्थ्य परीक्षणका लागि महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका ओलीलाई भर्ना गरिएको छ ।

यस्तो छ सचिवालय बैठकको चार निर्णय

१) आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने ।

२) प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।

३) प्रत्येक जिल्लामा भोलि चैत १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।

४) लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।