काठमाडौं-नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश भएको छ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन्। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको छ। आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।






प्रतिक्रिया