अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राकृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सबैले ध्यान दिन आवश्यक छ: मुख्यमन्त्री आचार्य

प्राकृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सबैले ध्यान दिन आवश्यक छ: मुख्यमन्त्री आचार्य


रुकुम पूर्व-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन्।

सिस्ने गाउँपालिका–६ आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोतसाधनको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन अपरिहार्य रहेको धारणा राखेका हुन् । ‘यहाँका प्राकृतिक सम्पदालाई संरक्षण गरेर, जगेर्ना गरेर र प्रवर्द्धन गरेर आत्मनिर्भर बन्न सक्छौँ,’ उनले भने, ‘यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भूमिका खेल्ने दायित्व हामी सबैको हो ।’ उनले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

‘प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ। अझै धेरै काम गर्न बाँकी छन्। ती बाँकी कामलाई अगाडि बढाउन प्रदेश सरकारले ध्यान दिनेछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्राकृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि सबैले ध्यान दिन आवश्यक छ।’

पर्यटकलाई रुकुम पूर्व भ्रमण गराउने उद्देश्यले सरकारले योजनाबद्ध रूपमा काम गर्ने पनि उनले बताए । ‘यहाँ पर्यटक भित्र्याउन हामी सबैले सक्रिय हुनुपर्छ,’ उनले भने, ‘हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने गरी सरकारले पहल गर्नेछ ।’