विराटनगर-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अपमानजनक शब्द प्रयोग गरी गाली गरेको आरोपमा पाँचथरमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ।
‘hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाहलाई गालीगलौज गरेर कन्टेन्ट बनाएको भन्दै प्रहरीले स्थानीय युट्युबर रोशन पोख्रेललाई गिरफ्तार गरेको हो।
रोशन फाल्गुनन्द गाउँपालिका ७ घर भई सदरमुकाम फिदिममा बस्थे। रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार, उनले सार्वजनिक रूपमा प्रधानमन्त्री तथा अन्य नेताहरूको बेइज्जत हुने सामग्री युट्युबमा हालेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् । उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन् ।
उक्त भिडिओ अझै उनको च्यानलमा रहेको छ ।








प्रतिक्रिया