अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गरिने, प्रारम्भिक मस्यौदा तयार

सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गरिने, प्रारम्भिक मस्यौदा तयार


काठमाडौं-सरकारले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले यस ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा तयार पारिएको जानकारी दिएको हो।

उक्त ऐनको प्रारम्भिक मस्यौदा तयार पारेर संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ । कार्यालयले विधेयकको प्रारम्भिक मस्यौदामा राय तथा सुझाव संकलन गर्न लागेको छ ।

विधायन ऐन २०८१ को दफा ९६० को उपदफा ९२० मा विधेयकको प्रारम्भिक मस्यौदामा राय लिनका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । जसअनुसार कार्यालयले आगामी वैशाख १ गतेसम्म राय दिन भनेको छ ।

कार्यालयका शाखा अधिकृत अभिनय अधिकारीका अनुसार प्राप्त राय तथा सुझाव संकलन पछि यस मस्यौदा मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुग्नेछ। मन्त्रिपरिषदबाट स्वीकृत पाएपछि मन्त्रालयले संसदमा पेश गर्छ र संसदले पास गरेर राष्ट्रपतिकोमा पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेमा यो ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ । यस ऐनको नाम ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन ऐन, २०८२’ नाम दिइएको छ ।