अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय गायिका आशा भोसलेको निधन

भारतीय गायिका आशा भोसलेको निधन


मुम्बई-भारतीय चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकी भोसलेको आज निधन भएको हो।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

७ दशकभन्दा लामो संगीत यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् ।

उनको निधनसँगै भारतीय संगीतले एउटा महत्वपूर्ण युग गुमाएको छ।

उनको अन्त्येष्टि भोलि सोमबार गरिने परिवारले जनाएको छ।