अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनलाई सरकारको ‘कठपुतली’ नबनाउन विपक्षीको आग्रह

सदनलाई सरकारको ‘कठपुतली’ नबनाउन विपक्षीको आग्रह


काठमाडौँ-सभामुख डोलप्रसाद अर्यालसँग विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले भेटवार्ता गरेका छन्।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा विपक्षी दलका नेताहरूले संसद्लाई सरकारको ‘कठपुतली’ बनाउन लागिएको भन्दै सभामुख अर्यालको ध्यानाकर्षण गराएका छन्। 

एमाले प्रमुख सचेतक ऐन महरलेसंसद्लाई सरकारको कठपुतली बनाएर हात्तीको देखाउने दाँत जस्तै बनाउने प्रयास भइरहेको बताए ।

‘संसद्लाई सरकारको कठपुतली बनाएर हात्तीको देखाउने दाँत जस्तै बनाउने प्रयास भइरहेको छ। सबै काम कार्यकारीबाट भइरहेको छ’, ‘एमाले प्रमुख सचेतक महरले भने, ‘यसैका विषयमा सभामुखको ध्यानाकर्षण गराएका छौँ।’

उनले आजको बैठकमा बोल्ने समय नै नराखिएको तथा नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएको बताए। 

‘आज हामीले आकस्मिक समय माग गरेका छौँ । आकस्मिक समय नभए ढ्यापढ्यापे समय लिएर विपक्षीका तर्फबाट बोल्छौँ । यदि समय नदिए उभिएर बस्छौँ’, महरले बहिस्कारलगायतका अन्य गतिविधि भने नगर्ने जनाए।